• सर्वोच्चमा नियुक्त पाँच न्यायाधीशको आज शितलनिवासमा शपथ

    April 21, 2019     11:36 am

    बैशाख ०८ ।

    सर्वोच्च अदालतको न्यायाधीशका नियुक्त पाँच न्यायाधीशको शपथ आज हुँदैछ । राष्ट्रपति भवन शितलनिवासमा एक समारोहबीच न्यायाधीशहरुको शपथ हुँदैछ ।

    बिहान १० बजे शपथको समय तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट न्यायाधीशहरुले शपथ लिनेछन् ।

    संसदीय सुनुवाइ समितिले नियुक्तिका लागि अनुमोदन गरेपछि शुक्रबार राष्ट्रपति भण्डारीले न्यायाधीश नियुक्त गरेकी थिइन् । सर्वोच्चमा प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्मालाई न्यायाधीशमा नियुक्त गरिएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।