• होटल प्रतिनिधि समाजमा पोखराको अध्यक्षमा राजकुमार

    April 20, 2019     10:21 pm

    पोखरा चैत ७। होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा राजकुमार गुरुङ चयन भएका छन ।

    शनिबार भएको १८ औ साधारण सभा तथा १० औ अधिवेशनले २ बर्ष को लागि बरिष्ठ उपाध्यक्ष पोष्ट बहादुर पाण्डे, प्रथम उपाध्यक्ष नारायणहरी पौडेल, महासचिब मोतिराम पौडेल, सचिब सहदेवमान पोखरेल, कोषाअध्यक्ष सन्तोष देवकोटा, सहकोषाअध्यक्ष श्याम राना र सदस्यहरु नवराज खडका, विष्णु पहारी, अनिल गुरुङ क्राउन, निश्चल रानामगर, ठमन सिंह खडका र सुनिल भुर्तेल चयन भएका निर्वाचन अधिकृति शोभा पराजुलीले जानकारी दिएकी छन । अधिवेशनले १३ सदस्य नया कार्यसमिति चयन गरेको हो ।

    अधिबेशनको उद्घाटन गदै पश्चिमाञ्चल होटल संघ पोखराका अध्यय विकल तुलाचनले पोखरालाई प्रर्यटनको राजधानि घोषण गर्ने नेपाल सरकारलाई आग्रह गरेका छन ।

    होटल प्रतिधिनिहरु प्रत्यक्षरुपमा प्रर्यटकका दुत भएकाले पोखरालाई कस्तो पर्यटककीय क्षेत्र बनाउनेमा होटल प्रतिनिधिहरुको महत्वपूर्ण भुमिका हुने हुदा होटल संघ यहाँहरु सगँ हातेमाले गर्दै अघि बढ्ने बताएका छन । प्रतिनिधिहरु पर्यटकका राजदुत भएकाले पोखराको बारेमा पर्यटकलाई सकरात्मक सन्देश दिन आग्रह गरे । प्रतिनिधि र होटल संघ को सम्बन्ध नङ र मासु जस्तो हुने पर्नेमा जोड दिए ।

    अध्यक्ष नगेन्द्र बहादुर थापाको सभाअध्यक्षतामा भएको कार्यक्रममा महासचिब सन्तोष काफ्ले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष पुरुषोतम न्यौपाने प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पास गरेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।