पोखरा विमानस्थलको धावन मार्गको निमार्ण कार्य सकियो
April 20, 2019 10:09 pm
पोखरा ७, चैत
पोखरा क्षेत्रिय अन्तर्राट्रिय विमानस्थलको धावन मार्गको निमार्ण कार्य सकिएको छ । नेपालमै पहिलो पटक निमार्ण भएको रिजीट कंक्रिट पेभमेन्टको आधारमा पोखरा विमानस्थलको धावनको मार्ग निमार्ण कार्य सकिएको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्ण आयोजनका प्रमुख विनेस मुनाकर्मीले बताए ।
उक्त धावन मार्ग तीन तहमा निमार्ण भएको छ भने २ हजार ५ सय मिटर लम्वाई र ४५ मिटरको चौडाईमा रहेको उनले बताए । हालै निमार्ण भएको उक्त धावन मार्गको पहिलो तह २०, दोश्रो तह २० र तेश्रो तहमा ३४ गरी ७४ सेन्टीमिटरको मोटाईमा रिजीट कंक्रिटको संरचनामा धावन मार्ग निमार्ण भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । पिच भन्दा रिजीट कंक्रिट पेभमेन्टको संरचनाको आधारमा निमार्ण हुने धावन मार्गको तुलनामा बढी दिगो हुने उनको दाबी छ । त्यसै गरी पोखरा विमानस्थलको एप्रोन (यात्रु झार्ने तथा वोक्ने स्थल) को समेत निमार्ण कार्य सकिएको आयोजना प्रमुख मुनाकर्मीले जनाए ।
पोखरा विमानस्थल निमार्णको हाल करिब ३७ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । उनका अनुसार विभिन्न बाँकी रहेका भौतिक संरचनाको निमार्ण कार्य द्रेत गतिमा भइरहेको छ । असार मसान्त भित्र ३५ प्रतिशत निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिए पनि उक्त समय सिमा भित्र समयले साथ दिएमा ४० प्रतिशत भन्दा बढी निमार्ण कार्य सम्पन्न गर्न सकिने उनले विश्वाय व्यक्त गरे ।
त्यसै गरी उक्त परियोजनामा १४ वटा भवन निमार्ण हुने भए पनि हालसम्म ५ वटा भवन निमार्ण सम्पन्न भएको चाईनिज सि.ए.एम.सी. कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले बताए । उनका अनुसार अर्को ५ वटा भवनको पनि स्टिल संरचना बाहेक ९० प्रतिशत निमार्ण कार्य सम्पन्न भएको छ । टर्मिनल भवनको फाउण्डेसन टाईपिङ सहितको निमार्ण कार्य सकिए पनि अन्तिम फिनिसिङको काम बाँकी रहेको जनसम्पर्क अधिकृत चापागाईले बताए । १ हजार २ सय मिटर लम्वाइको ट्याक्सी वे को समेत तेश्रो तहको ढलान अर्थात रिजिट पेभमेन्ट गर्न बाँकी रहेको उनले बताए ।
उनका अनुसार उक्त परियोजनामा हाल दैनिक जसो २ सय कमदार चाइनिज र ३ सय नेपाली गरी ५ सय जना कामदार खटिएकाछन्। विमानस्थलमा हुने पानीलाई ब्याबस्थापन गर्न ड्रप स्टक्चरको निमार्ण कार्य भइरहेको उनले जनाए । त्यसै गरी विमानस्थलको पेरीफेरी (रिङरोड) र लाईटिङको लागि समेत काम भइरहेको जनसम्पर्क अधिकृत चापागाईले बताए । उनका अनुसार अधिकांश भौतिक संरचना निमार्णको काम अन्तिम चरणमा पुगेको छ । चाईनाबाट स्टिल भित्रिएसंगै स्टील जडान गर्ने काम बाँकी रहेको बताइन्छ ।
रिठ्ठेपानीको डाँडा कटानको समेत तयारी भएको आयोजना प्रमुख मुनाकर्मीले बताए । स्थानिय सरोकार निकायसंग समन्वय गरी २४ मिटर डाँडा कटान गनिने भएको उनले जनाए । विमान उडानमा असर गर्ने भएकोले उक्त डाँडा कटान हुने भएको हो । पोखरा विमानस्थलको रिङरोडको लागि १० किलोमिटर सडक निमार्ण गर्ने बताए । हाल ट्रयाक निमार्ण गरेकोले आगामी एक बर्ष भित्र रिङरोड बनाउने उनले जनाए । कुनै बादा अड्चन नआएको खण्ठमा आफुहरुले निर्धारित समयमै निमार्ण गर्ने उनको भनाइ छ ।
पोखरा विमानस्थल करिब २२ अर्वको लगानीमा सन् २०२१ जुलाइ १० भित्र सकिने गरी चाईनिज कम्पनीले हाल निमार्ण कार्यलाई तिव्र पारेको छ । पोखरा विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा विमानस्थल निमार्ण सुरु भएको हो । अर्थ मन्त्रालयसंग सहायक ऋण सम्झौता भएसंगै २०१७ को जुलाई ११ (२०७४ असार २७ गते)बाट निमार्ण कार्य सुरु भएको हो । ५ प्रतिशत व्याजदरमा २० बर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो । सुरुको ७ बर्ष भने (ग्रोस अवधी) कुनै किस्ता तिर्न पर्दैन भने त्यस पछि १३ बर्षसम्म ६÷६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ । दिननाथ बरालको सहयोगमा