• अमेरिकाको आसन्न निर्वाचनका लागी एनआरएन दक्षिण क्षेत्रको उपाध्यक्षमा कृष्णजिबी पन्थद्वारा उम्मेदवारी दर्ता

    April 19, 2019     8:47 pm

    पोखरा बैशाख ६ ।

    गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी दक्षिण क्षेत्रको उपाध्यक्षमा कृष्णजिबी पन्थले उम्मेद्वारी दर्ता गरेका छन् ।

    NRNA अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत सुचना ब्यबस्थापन समिति सह संयोजक शिब मल्ल प्रस्तावक तथा आइसीसी सदस्य राजन त्रिपाठीको समर्थनमा समाजसेवी पन्थले उपाध्यक्षका लागी मनोनयन दर्ता गराएका हुन् ।

    शिब मल्ल : प्रस्तावक

    नेपालको तनहुं घर भएका पन्थ नेपालमै हुंदा नै समाजसेवा सक्रिय थिए । करिब एक दशकअघि अमेरिका आएका पन्थ यहां आएर पनि समाजसेवामा सक्रिय छन् ।नेपाल तथा अमेरिकामा बिभिन्न संघ संस्थाहरुको अनुभव सहित समाजसेवाको दायरालाई अझै फराकिलो बनाउन तथा प्रवासी नेपालीहरुका समस्या समाधानका लागी पहल गर्न क्षेत्रिय उपाध्यक्षमा उम्मेद्वारी दर्ता गरेको पन्थले बताए ।

    पन्थले नेपालमा तथा बिद्यालय तथा बालगृह निर्माणका लागी पनि सहयोग गर्दै आएका छन् । हाल समाजसेवा संगै व्यवसायमा सक्रिय पन्थले क्षेत्रिय उपाध्यक्षका लागी सबैको साथ र सपोर्ट रहने बिश्वास व्यक्त गरे ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।