• नारी दिवसकै दिन बालिका बलात्कृत

    March 8, 2019     8:39 pm

    फाइल फोटो

    पोखरेली न्युज २४ फागुन / देशैभर बढो तामझाम र जनचेतना मुलुक र्यालीका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाईरहँदा दाङमा भने आजै एक बालिकासहित दुई महिला बलात्कारको शिकार भएका छन् ।

    १४ वर्षीया बालिकासहित अर्की महिला बलात्कृत भएपछि अहिले साँझ प्रहरी घटना स्थलमा पठाईएको दाङ्गका प्रहरी प्रमुख एसपी वेल पाण्डेले जानकारी दिए । बलात्कृत हुनेमा घोराही उपमहानगरापलिका १० बस्ने १० वर्षीया सुना (नाम परवर्तन) रहेकी छन् । उनलाई १३ वर्षीय रतन ( नाम परिवर्तन)ले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    त्यस्तै घोराही उपमहानगर १४ बस्ने १४ वर्षीया चुनु (नाम परिवर्तन) लाई रोल्पा रुम्टागढी गाउँपालिका १ का युवराज रानाले बलात्कार गरेको प्रहरीको दाबी छ । उनी रोल्पादेखि मजदुरी गर्न त्यहाँ आइपुगेका थिए ।स्रोत रातोपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।