• फेवातालमा हावाहुरी, अलपत्र लाई एपीएफले उद्धार गर्‍यो

    April 19, 2019     7:47 pm

    पोखरा बैशाख ६ ।
    पोखराको फेवातालमा शुत्रबार दिऊसो एक्कासी आएको हावाहुरीको कारण बोटिङ गरिरहेका तीनजना अलपत्र परेका छन् ।

    तालमा बोटिङ गरिरहेको बेला एक्कासी आएको हावाहुरीको कारण एक डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका थिए ।

    अलपत्र परेका तीनै जनालाई सशस्त्र प्रहरको तालबाराही छेउमा रहेको टावरको टोलीले सकुशल उद्धार गरेको छ ।

    एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज वस्ने ४० वर्षिय बोलबम चौरसीया, २८ वर्षिय पुन्दन चौरसीय र १२ वर्षिय भाष चौरसीयालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरी सो तालबाट बाहिर निकालेको थियो । उनीहरुको अवस्था अहिले सामान्य छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।