• पबित्र सहकारीको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन

    April 19, 2019     7:31 pm

    पोखरा बैशाख ६ । रानाभाट भाट समाज द्वारा संचालित पबित्र बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा शुक्रबार नयाँ बर्ष २०७६ को शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन गरियो ।

    सहकारीका सल्लाहकारहरु चन्द्रबहादुर रानाभाट, राजेन्द्रकुमार रानाभाट, सु. बोधराज रानाभाटले संयुक्त रूपमा क्यालेन्डर बिमोचन गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    सो अबसरमा सहकारीकी निवर्तमान अध्यक्ष तथा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको लायन बर्ष २०१९र२० की अध्यक्ष मिना रानाभाटले शुभकामना मन्तव्य राखेकी थिइन् ।

    कार्यक्रममा संचालक समितिका पदाधिकारी, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु, सस्थापक, पुर्व पदाधिकारी तथा सदस्यहरु एवम् शेयर सदस्यहरुको उल्लेख उपस्तिथि रहेको थियो ।

    संस्थाका अध्यक्ष शिबबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बुद्धि बहादुर रानाभाटले र संचालन सचिव गुप्त बहादुर रानाभाटले गरेका थिए ।

    २०६८ सालमा कास्की जिल्ला भित्र कार्यक्षेत्र रहने गरी ४५ जना शेयर सदस्यबाट बिधिबत स्थापना भएको सहकारीमा हाल ७६३ जना शेयर सदस्य रहेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।