• पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवार युवा व्यवसायी सुदिप प्रधानाङ्ग उत्साहित

    January 7, 2021     9:50 am

    पोखरा, २३ पौष । पोखरा उद्योगा वाणिज्य संघको आसन्न ३३ औं महाधिबेशनका लागि स्वतन्त्र उम्मेदवार बनेका युवा व्यवसायी सुदिप प्रधानाङ्ग यति बेला उत्साहित बनेका छन् । कार्यसमिती सदस्य पदका उम्मेदवारमा उम्मेदवारी दिएका सुदिप यतिबेला मत माग्दै व्यवसायीह?को घरदैलो र पसलमा पुगिरहेका छन् । व्यवसायीह?ले उनलाई मतदान गर्ने विश्वास दिलाएपछि सुदिप उत्साहित बनेका हुन् । पोखराको तेर्सापट्टी, बगर, सर्वेश्वर मार्ग पन्थी गल्ली , पृथ्वीचोक लगायतका क्षेत्रमा अहिले सम्म उनले घरदैलो गरि सकेका छन् । जहाँ पुग्छु त्यहाँका व्यवसायीह?ले दिनुभएको बचनले आफु उत्साहित भएको उनले सुनाए ।

    तेर्सापट्टीका फर्निचर व्यवसायी श्रीकृष्ण कतिला यो पटकको कार्यसमिती सदस्य पदमा सुदिप प्रधानाङ्गलाई मत दिने पक्षमा छन् । कार्यसमिती सदस्य पदका लागि भएका ले १० जनामा रोजेर सुदिपलाई नछुटाई मतदान गर्ने मनसाय उनले प्रकट गरे । युवा प्रतिनिधित्व अहिलेको आवश्यकता भएकाले पनि युवा उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाइ रहेको छ ।

    यस्तै बगरमा भेटिएका किराना व्यवसायी जीवन ध्वंजु पनि यतिबेला स्वतन्त्र युवा उम्मेदवारलाई मतदान गर्ने पक्षमा छन् । उनले सुदिप प्रधानाङ्गले युवाको प्रतिनिधित्व गरि उम्मेदवारी दिएकाले सुदिपलाई नै मतदान गर्ने बताए । यसैगरि पन्थी गल्लीका कपडा व्यवसायी प्रल्हाद कायस्थले पनि सक्षम नेतृत्व सहित युवाह?को सहभागिता मात्रै पोखरा उद्योग वाणिज्य संघको गरिमा उच्च हुने हुदा सुदिप प्रधानाङ्ग जस्तो युवा व्यवासायीले जित्नुपर्नेमा दुइमत नभएको सुनाए ।
    मोहोरिया टोलका सुनचाँदी व्यवसायी रञ्जन बुद्धाचार्यको राय पनि उस्तै छ । बुद्धाचार्य पनि सक्षम नेतृत्व र नया पुस्ताको आगमनले नै व्यावसयिक हकहितलाई ध्यान दिन सक्ने हुँदा सहित नेतृत्व चयन गरि युवा पुस्तालाई कार्यसमिती सदस्यमा सुदिपलाई देख्न चाहेको बतााए ।

    पौष २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको निर्वाचनका लागि यतिबेला व्यवसायीह? दुइ प्यानलमा निर्वाचनमा होमिएका छन् । स्वतन्त्र उम्मेदबार सुदिप प्रधानाङ्ग कुनै पनि प्यानलमा नलागी घरदैलो गरिहेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।