• प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि प्रदेश–१ लाई

    January 3, 2021     4:23 pm

    प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश–१ ले जितेको छ। दाङको लमहीमा आइतबार भएको उपाधि भिडन्तमा प्रदेश १ ले एपीएफलाई ६ रनले हराउँदै उपाधि रक्षा गरेको हो।

    पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १०५ रन बनाएको थियो। प्रदेश १ का लागि अप्सरा बेगमले ३४, काजल श्रेष्ठले २९, कप्तान रुविना क्षेत्रीले १८ रन बनाएकी थिइन्। यस्तै निशा शाहले ५, रोमा थापाले ३ र संगीता राईले दुई रन बनाइन्। बलिङतर्फ एपीएफकी सीता राना मगरले तीन र करुणा भण्डारीले एक विकेट लिएकी थिइन्।

    १ सय ६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९९ रन मात्रै जोड्न सक्यो। उसका लागि ममता चौधरीले ३४, करुणा भण्डारीले २६, ज्योति पाण्डेले १४, इन्दु बर्माले ७, सरिता मगरले ६, सीता राना मगरले २, रेखा रावल र सोनु खड्काले एक–एक रन बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

    प्रदेश १ की कप्तान रुविना क्षेत्री र एलिसा खडियाले दुई–दुई विकेट लिए भने संगीता राईले एक विकेट लिइन्। यससँगै प्रतियोगिताको विजेता प्रदेश १ ले पाँच लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाएका छन्।

     

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।