• पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै देशभरका पत्रकार आन्दोलित

    April 16, 2019     7:29 pm

    पोखरा, वैशाख ३ । समाचार लेखेकै भरमा साईवर क्राईम मुद्धामा पक्राउ गरिएका पोखराका पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै पत्रकार आन्दोलित भएका छन् ।

    केन्द्रमा अनलाईन पत्रकार संघको संयोजनमा धर्नाको कार्यक्रम गरियो भने पोखराका पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय अगाडी कार्यालय अगाडी धर्ना दिएका छन् । धर्नामा सहभािग पत्रकारहरुले पत्रकार गिरीको तत्काल विनाशर्त रिहाईको माग गरे ।

    यसैत्रीच नेपालत्र पत्रकार महासंघ गण्डकीको समन्वयमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पत्रकार महासंघले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय अगाडी विरोधको ब्यानर सहित धर्ना दिए ।

    महासंघ कास्कीले पोखराबाट प्रकाशित हुने बुधबारका सबै पत्रिकाहरुमा सम्पादकीय कोलममा कालो पोत्ने, रेडियो र टेलिभिजनमा विहान ६ बजे ९० सेकेण्ड प्रशारण बन्द गर्ने तथा अनलाईनहरुमा कालो ब्यानर राख्ने निर्णय गरेको छ । बाँकी आन्दोलनका कार्यक्रम महासंघले बैठक बसेर तय गर्ने अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

    पत्रकार गिरीले ताण्डव न्युज तथा ताण्डव न्युज साप्ताहिकमा यहाँका व्यवसायी विपिराज बतासले दुई व्यक्तिको करोडौँ रकम नतिरि ठगी गरेको समाचार प्रकाशन गरेका थिए । सोही समाचारलाई लिएर व्यवसायी बतासले नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान व्युरोमा विद्यूतिय अपराधको उजुरी हालेका थिए ।पिस पोखरा डट कम को सहयोगमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।