• बासी खानाले निम्त्याउँछ यस्ता समस्या

    January 3, 2021     3:14 pm

    एजेन्सी ।  हरेक घरमा खाना हरेक दिन खाना पकाउने चलन रही आएको छ । खाना बनाएर खाएपछि पनि खाना नसकिँदा त्यसलाई राखेर भोलिपल्ट वा बासी भएपछि खाने पनि गरिन्छ ।

    अझ व्यस्त जीवनशैलीका कारण एउटा समयमा नै बिहान बेलुकाको लागि खाना बनाउने पनि गरिन्छ । बारम्बार खाना पकाइराख्नको झन्झटले पनि एकैपटक खाना बनाउने गरिन्छ । साथै, बाहिरबाट खाना अर्डर गरेर पनि पछिको लागि फ्रिजमा राख्ने चलन रहेको छ । त्यसपछि फ्रिजमा राखेको खानालाई तातो बनाएर खाने गरिन्छ ।

    यसरी बासी खानेकुरा खानाले स्वास्थ्यमा समस्या पनि ल्याउँछ । खाना बनाउने वित्तिकै फ्रिजमा राख्दा त्यसमा ब्याक्टेरिया र हानिकारक माइक्रोआर्गेनिज्म बन्न सुरु हुन्छ । खाना बनाएपछि त्यसलाई चिसो हुन छोडिदिएपछि जब फ्रिजमा राखिन्छ उक्त समयमा झन् धेरै ब्याक्टेरिया पैदा हुने गर्छ । जसले शरीरलाई प्रतिकुल असर पुर्याउँछ ।

    बासी खाना खाँदा अपच, ग्यास जस्ता समस्याहरु आउँछन् । यसरी राखेको खानेकुरा खाँदा एसिडिटीको समस्या लामो समयसम्म रहन्छ । साथै, कहिलेकाँही यस्तो खानाले फुड पोइजन पनि हुने गर्छ ।

     

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।