• डन्डिफोर कहिल्यै निको भएन ? अब गर्नुस् यी ४ सरल उपाय

    December 31, 2020     2:21 pm

    पुस १६, एजेन्सी । अनुहारमा डन्डिफोरको समस्याबाट धेरै मानिसहरु पीडित हुन्छन् । डन्डिफोर आउने र यसको दाग बस्ने भएकाले अनुहारलाई कुरुप बनाइदिन्छ । मानिसहरु डन्डिफोर निको बनाउन थुप्रै उपायहरु पनि अपनाउने गर्छन् ।

    डन्डिफोर थुप्रै कारणले आउने गर्छ । किशोरावस्थामा देखिने डन्डिफोरको समस्या शरीरमा हर्मोनको परिवर्तन आउँदासम्म रहीरहन्छ । हर्मोनमा आउने परिवर्तनले अनुहारमा डन्डिफोर आउने गर्छ ।  त्यसैले डन्डिफोरबाट छुटकारा पाउन सबैभन्दा पहिले खानपानमा विशेष ध्यान दिनु जरुरी छ ।

    -जो व्यक्तिमा डन्डिफोरको समस्या छ त्यस्ता व्यक्तिले घ्यू र तेलको सेवन कम गर्नुपर्छ । हामीले खाने खानामा जति धेरै तेल छ त्यति नै बढी डन्डिफोर आउने सम्भावना हुन्छ ।

    -मामंसाहारी भोजनले पनि डन्डिफोरको समस्या आउन सक्छ । मासुजन्य खानेकुराले पेट सफा नहुने भएकाले डन्डिफोरको समस्या बढ्न सक्छ ।

    -चुरोट, खैनी जस्ता नशालु पदार्थले छालासम्बन्धी विभिन्न रोगहरु निम्त्याउँने भएकाले यसले डन्डिफोरको समेत समस्या ल्याउँछ ।

    -धेरै मात्रामा चिया र कफि सेवन गर्ने व्यक्तिहरुमा डन्डिफोरको समस्या आउन सक्छ । यसको सेवनले शरीरमा सीबम बन्ने र जसको कारण डन्डिफोर आउने गर्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।