• मन्त्रिपरिषद् निर्णय बैशाख २ बाट भर्ना अभियान, सगरमाथा डाइलग चलाइने

    April 15, 2019     10:30 pm

    पोखरा बैशाख २ ।
    सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु गर्ने निर्णय गरेकाे छ।

    एक सातासम्म चल्ने विद्यालय भर्ना अभियान शिक्षामन्त्री गिरिराजमणी पाेखरेलकाे नेतृत्वमा हुनेछ।

    अघिल्लाे वर्षपनि सरकारले यस्ताे अभियान चलाएकाे थियाे।

    उक्त अभियानमा विद्यालय बाहिर रहेकालाई भर्ना गराउन सरकार सफल भएकाे दाबी गर्दै आएको छ।

    सरकारले समसायिक विषयमा विमर्श चलाउन सगरमाथा डाइलग संचालन गर्ने निर्णय समेत गरेकाे छ।

    सगरमाथा डाईलगअन्तर्गत सरकारी तवरमा अन्तराष्ट्रिय महत्वका विषयमा यस्ताे विर्मश चलाउने मन्त्रिपरिषदले निर्णय गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जनाएका छन्।

    यस्ताे विर्मश कसले र कसरी चलाउने विषयमा भने पछि कार्यविधि निर्माण हुने उनले बताए।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।