• एसईईको फारम खुला, परीक्षा जेठमा

    December 30, 2020     3:29 pm

    १५ पुस , काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) फारम खुला गरेको छ ।

    आज सार्वजनिक गरिएको आइतबारको बोर्ड निर्णयानुसार भोलि १६ पुसदेखि २१ माघसम्ममा फाराम भरिसक्नु पर्नेछ । विगतमा साउनमै खुल्ने गरेको फारम यस पटक कोभिड–१९ महामारीका कारण पुसमा खुल्ला गरेको हो। फारम शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ।

    बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलका अनुसार भर्खरै फारम खुला गर्ने निर्णय भएकाले जेठअघि परीक्षाको सम्भावना छैन ।

    ‘कोभिड-१९ का कारण अध्ययन नै भएको छैन हाम्रो आकलन परीक्षा हुन कम्तीमा जेठ त कुर्नै पर्छ,’ पौडेलले भने ।

    सामान्य अवस्थामा एसईई परीक्षा चैत्रमा हुँदै आएको थियो । -खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।