• कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि

    December 30, 2020     3:22 pm

    पुस १५,  तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि भएको छ ।

    बेलायतमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो । बिरामी परेका २० वर्षका एक युवा अहिले आइसोलेशनमा रहेका छन् ।

    गएको हप्ता मात्रै अमेरिकी स्वास्थ्य अधिकारीहरूले यो नयाँ भाइरस भेरियन्ट अमेरिकामा आइसकेको हुनसक्ने शंका गरेका थियो । नयाँ प्रकारको कोरोना भाइरस भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन, फ्रान्स, बेलायतलगायत धेरै देशहरुमा पुष्टि भइसकेको छ ।

    यो नयाँ प्रकारको कोरोना भाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन् । यसैबीच, नयाँ किसिमको भाइरसबाट हुने समस्या पुरानोको तुलनामा गम्भीर नरहेको बेलायतका वैज्ञानिकहरुले दाबी गरेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।