• प्रतिनिधिसभा विघटन गरेर अस्थिरता सिर्जना गर्न खोजियो ः नेता खनाल

    December 29, 2020     3:47 pm

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जननिर्वाचित संस्था विघटन गरेर सरकारले मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै संसद् विघटनसँगै अस्थिरताको अर्को शृङ्खला शुरु भएको बताउनुभयो ।

    “मुलुकको समृद्धिको बाधक बनेको अस्थिरताको प्वाललाई टाल्नुपर्ने आवश्यकता छ”, पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “त्यसका लागि संसद् पुनःस्थापना अनिवार्य शर्त बनेको छ । जबसम्म संसद् पुनःस्थापना हुँदैन, त्यसबेलासम्म आन्दोलनमा रोकिँदैन ।”

    जनताका भावना विपरीतका कदम सच्याउन राष्ट्रव्यापीरुपमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले संविधानको सफल कार्यान्वयनमा सबै राजनीतिक दलको सहयोगको खाँचो औँल्याउनुभयो ।

    गरीबी र अशिक्षा उन्मूलन गर्नुपर्नेमा सरकार त्यसतर्फ नलागेको उहाँले आरोप लगाउनुभयो । पार्टीभित्र आलोचना गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेको र बैठक बहिष्कार गर्दै गई पार्टीमा समस्या देखापरेको उहाँले बताउनुभयो ।

    पार्टी एकतालाई पूर्णता दिने क्रममा अध्यक्ष ओली बाधक बनेको उहाँको भनाइ थियो । पार्टी एकीकरणको बाँकी कामलाई सम्पन्न गरेर मुलुकलाई समृद्ध बनाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । कुनै पनि प्रधानमन्त्रीले मनखुशी प्रतिनिधिसभा विघटन गर्न विशेषाधिकार संविधानबाट हटाइसकिएको उहाँले प्रष्ट पार्नुभयो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।