• नयाँ वर्षलाई शेयर बजारको हरियो रङ्गको स्वागत, ११८८ विन्दुमा परिसूचक

    April 15, 2019     10:23 pm

    पोखरा बैशाख २ ।
    नयाँ वर्षको पहिलो व्यापार दिनमा नेप्से परिसूचक उकालो लागेको छ । सोमवार नेप्से परिसूचक ४ दशमलव ७० अंकले बढेको छ । परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । उतारचढावमा रहेको परिसूचक अन्त्यमा शून्य दशमलव ४० प्रतिशतले बढेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमासको पहिलो दिन नेप्से परिसूचक १ हजार १ सय ८८ दशमलव ७१ विन्दुमा पुगेर बन्द भएको छ ।

    यसदिन जलविद्युत, वित्त कम्पनी, ‘अन्य’ र जीवन बीमा समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र शेयर बजार उकालो लागेको हो । लघुवित्त समूहको परिसूचक ३ दशमलव शून्य ५ प्रतिशतले बढेको छ ।
    सोमवारको कारोबार
    सोमवार रू. ३० करोड ४५ लाख बराबरको शेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा यस दिन यो रकम रू. ९ करोड १८ लाख घटेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ४४ प्रतिशत बढेर २ सय ५४ दशमलव ७७ विन्दुमा पुगेको छ ।

    १० समूहको परिसूचक, कुनको बढ्यो कुनको घट्यो ?

    कारोबार भएका १ सय ६५ कम्पनीमा ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको घटेको छ । साथै, २६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य ७ दशमलव ५६ प्रतिशत बढेर बन्द भएको छ ।

    कम्पनीको शेयर मूल्य रू. ७२ ले बढेर प्रतिकित्ता रू. १ हजार २५ मा कारोबार भएको हो । साथै, साना किसान विकास बैंकको शेयर मूल्य ६ दशमलव ४५ र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ६ दशमलव २४ प्रतिशतले बढेको छ । नेपाल कम्युनिटि डेभलपमेण्ट बैंकको शेयर मूल्य भने ६ दशमलव ८९ प्रतिशतले घटेर रू. १ सय ३५ मा सीमित रहेको छ ।

    नेको इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको प्रतिकित्ता रू. ५ सय २२ मा रू. २ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको हो । साथै, कुमारी बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट इन्स्योरेन्स, एनएमबि बैंक, प्रभु बैंक, साना किसान विकास बैंक रू. १ करोडभन्दा बढी रकमको शेयर कारोबार भएको छ । अस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।