• कोभिड—१९ को उपचार, रोकथाम र व्यबस्थापनमा गण्डकी प्रदेशको २७ करोड ८ लाख खर्च

    December 27, 2020     9:36 pm

    दीननाथ बराल , पोखरा १२, पुष । कोरोना भाइरस (कोभिड—१९) को उपचार, रोकथाम र व्यबस्थापनमा गण्डकी प्रदेश सरकारले हालसम्म २७ करोड ८ लाख ७२ हजार खर्च गरेको छ । कोभिड—१९ को उपचार, रोकथाम र व्यबस्थापन कोषमा हालसम्म करिब ३४ करोड संकलन भएको जसमध्य उक्त रकम खर्च भएको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. रामबहादुर केसीले बताए ।

    उक्त कोषमा हाल करिब ८ करोड रुपैया बचत भएको उनले जनाए । प्रदेशका विभिन्न पालिकामा क्वारेनटाइन निर्माण गर्न १ करोड ९३ लाख, स्वास्थ्य सामाग्रि मास्क, सेनिटाइजर, पिपिई लगायतका सामाग्रि खरिदमा करिब ३ करोड, प्रदेश सरकारले प्रदेशका पालिकालाई विपन्न तथा गरिब परिवारको लागि राहत सामाग्रि उपलब्ध गराउन, प्रदेशमा अस्पतालमा आइसुलेसन सहितका भेन्टिलेटर सहितको आइसियू कक्ष स्थापनाको लागि लगायतको लागि आर्थिक सहयोग गरेको डा.केसीले जनाए । संघिय सरकारबाट आफ्नो मन्त्रालयलाई उक्त कोषको लागि करिब ५ करोड २७ लाख प्राप्त भएको उनले जनाए ।

    कोरोनाबाट हालसम्म गण्डकी प्रदेशमा १ सय ९१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता तेजप्रसाद काफ्लेले जनाए । उनका अनुसार प्रदेशमा हालसम्म १ लाख १८ हजार ७ सय ३५ जनाको नमुना संकलन गरीएकोमा १४ हजार २ सय ४२ जनामा कोरोना शंक्रमण देखा परेको छ । १ लाख ४ हजार ४ सय ९३ जनामा कोरोना शंक्रमण नदेखिएको बताएका प्रवक्ता काफ्लेले कोरोनाबाट प्रदेशमा १२ हजार २ सय ५६ जनामा निको भएको जनाए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले संघिय सरकारले कोरोनाको निःशुल्क उपचार र व्यबस्थापन नगर्ने निर्णय गरे पनि आफुहरुले निशुल्क उपचार गर्ने बताएका थिए ।

     

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।