• रुपामा आज देखि गण्डकी प्रदेश भलिवल प्रतियोगिता

    March 8, 2019     8:15 pm

    पोखरेली न्युज २४ फागुन /

    कास्कीको रुपा गाउपालिकाले आयोजना गर्न लागेको प्रथम गण्डकी प्रदेश स्तरिय अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता आज सनिवार देखि सुरु हुने भएको छ ।

    स्थानिय तह स्थापनाको अवसर पारेर रुपा गाउपालिकाको भिरचोकमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको गाउपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिएका छन् ।

    प्रतियोगिताको लागि गण्डकी प्रदेश अन्तरगत महानगरपालिका एक, नगरपालिका पाच र गाउपालिकाको ११ टिम गरि १९ टिमको सहभागिता रहने भएको छ ।

    युवालाई खेलकुदको माध्यबाट आर्कर्षित गरौं स्वस्थ्य र समुन्नत समाजको निर्माण गरौं भन्ने मुल नाराका साथ आगामी फागुन २७ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने समुहले रु एक लाख, द्धितीयले रु ७० हजार, तृतियले रु ४० हजार र एक समुहलाई सान्त्वना स्वरुप रु २० हजार साथमा मेडल,ट्रफी र प्रमाण पत्र प्रदान गरिने भएको छ ।साथै खेलका विभिन्न विधामा उत्कृष्टलाई समेत पुरस्कृत गरिने बताईएको छ ।

    यसैविच समापनको दिन रुपा गाउपालिका अन्तरगत रहेका बिभिन्न जात जातीको कला,सस्कृति र भेषभुषालाई संरक्षण गर्ने उदेस्यले सातै वटा बडाहरुको सहभागीता हुने गरि प्रतियोगितात्मक रुपमा झाँकी प्रदर्शन गरिने भएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।