• निकिशा श्रेष्ठ माथि दुव्र्यवहार गर्ने तीन पक्राउ

    November 20, 2020     7:39 am

    भक्तपुर, ४ मङ्सिर (रासस) ः मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठ माथि दुव्र्यवहार गर्ने र भिडियो टिकटकमा ‘अपलोड’ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी परिसर, भक्तपुरले आज भक्तपुर नगरपालिका–५ टौमढीबाट उनीहरुलाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो । निकिशामाथि भक्तपुर नगरपालिका–१ दूधपाटीमा गत मङ्गलबार दुव्र्यवहार गरी बुधबार सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो । त्यस लगत्तै नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्यूरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेपछि भक्तपुर प्रहरीले पक्राउ गरेको बताइएको छ ।

    सार्वजनिक भएको भिडिओमा स्कुटरमा सवार व्यक्तिले निकिशालाई लैङ्गिक विभेद र अपमानजनक शब्द प्रयोग गरी दुव्र्यवहार गरेको र आफूलाई दुव्र्यवहार गरेपछि श्रेष्ठले ती मानिसलाई लखेटेको देखिन्छ । प्रहरीले आज बिहान टौमढी निवासी १७ वर्षीय विशेष जोशी, अपरान्ह् दूधपाटी बस्ने १७ वर्षीय रितश लाखेलाई तौमढीस्थित आफन्तको घरबाट र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई वडा नं १ भार्वाचोबाट पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

    प्रहरीको अनुसन्धानमा खत्रीले स्कुटर चलाएको, लाखेले अपशब्द बोल्दै भिडियो खिचेको र जोशीले भिडियो अपलोड गरेको खुलेको छ । प्रहरीको साइबर ब्यूरोले यसबारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

     

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।