• निर्माणाधिन बडिगाड खोलाको पुल भत्कियो, ५ जना घाइते

    April 14, 2019     9:22 pm

    पोखरा वैशाख १।
    गुल्मीको मुसिकोट नगरपालिका – ७ र ३ को झेंदी भन्ने स्थानमा निर्माणाधिन बडिगाड खोलाको पक्कि पुल भाँचिदा ५ जना घाइते भएका छन्।

    घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भैरहेको छ। घाइतेहरु मध्ये निर्माण व्यावसायी समेत रहेका ऋषिराम इटनी काठमाडौं र बडिगाड गाउँपालिका २ का तुल वहादुर रानालाई पोखरा रिफर गर्ने तयारी भएको अस्पताल श्रोतले जानकारी दिएको छ।

    सो दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिकाका रन वहादुर कुमाल, गणेश कुमाल र रुद्र वहादुर कार्कि घाइते भएको अस्पताल श्रोतलाई उदृत गर्दै हटियावाट दिपेश विसीले जानकारी दिएका छन।

    शुक्रवारवाट ढलान सुरु गरि अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी विचवाट भाँचिएको हो।

    ५५ मिटर लामो सो पक्कि पुल संघिय सरकार सरकार अन्तरगत ५ करोड लागतमा निर्माणाधिन रहेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए ।

    जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले निर्माण कार्य गरिरहेको थियो। गत वर्ष सोहि स्थानमा रहेको झोलुंगे पुल भत्किएपछि सो पक्की पुलको निर्माण भैरहेको थियो। यहि जेठ महिनावाट तर्न मिल्ने गरी तिव्र गतिमा काम भैरहेको पुल भत्किएपछि स्थानियहरु अन्योलमा परेका छन्

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।