• संसारभर डाउन भएको फेसबूक चल्न थाल्यो

    April 14, 2019     7:04 pm

    पोखरा वैशाख १।

    संसारभर आइतबार दिउँसोदेखि खोल्न नसकिएको फेसबूकको समस्या अहिले समाधान भएको छ ।
    करीब ३ घण्टा फेसबुक मोबाइल र कम्प्युटर कहीं कतैबाट पनि खोल्न सकिएको थिएन ।

    बेलायतको संचारमाध्यम ुएक्सप्रेसुले फेसबूक नखुल्नुको प्रमुख कारणमा ‘अफलाइन सर्भर इस्यु’ भएको जनाएको छ ।

    युरोप, अमेरिका र एसियाका कतिपय देशहरूबाट फेसबुक नचलेको गुनासो व्यापक रुपमा आएको थियो ।

    यस्तो गुनासाहरू मान्छेले ट्विटर र अन्य सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । फेसबूक मात्र नभएर फेसबूक म्यासेन्जरमा पनि समस्या देखिएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।