• सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स मा विश्वभर समस्या

    April 14, 2019     5:51 pm

    पोखरा वैशाख १।

    सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ । आइतबार अपरान्ह नेपालसहित विश्वभरका प्रयोगकर्ताले ३ सामाजिक सञ्जालमा समस्या व्यहोरेका हुन् ।

    फेसबुकसँग मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार साँझदेखि विश्वभर ‘डाउन’ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । नेपाली प्रयोगकर्ताले ट्वीटरमा फेसबुकलाई मेन्सन गरेर समस्याबारे जिज्ञासा राखिरहेका छन् ।

    यी सामाजिक सञ्जालबारे वेवसाइटको मनिटर गर्ने डाउनडिटेक्टर डट सीओ डट यूकेमा सयौं गुनासो दर्जा भइसकेको बेलायती पत्रिका मिररले अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

    हाल फेसबुकको वेवसाइट खोल्ने वित्तिकै एरर म्यासेज आउँछ । किन यी सामाजिक सञ्जालमा समस्या आयो भन्ने बारे अहिलेसम्म खुलेको छैन । फेसबुकले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।स्रोतः अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।