• खेलकुदका लागि २०७५ साल

    April 14, 2019     1:16 pm

    २०७५ सालको आगमनसँगै विश्व खेलकुदको कुम्भमेला रसिया विश्वकप २०१८ ले सम्पूर्ण खेलप्रेमीलाई एकजुट हुने मौका दियो । २१ औँ संस्करणको फिफा विश्वकप धुमधाम सँग सम्पन्न गर्न सफल भएको रसियाले संसारमाझ रसिया, फुटवल प्रतियोगिता सञ्चालनका लागि सुरक्षित रहेको सन्देश दिन सफल भयोे । संसारमा सवैभन्दा धेरैले मनपराउने प्रतियोगिताको रुपमा रहेको फिफा विश्वकपले यस पटक फ्रान्सको टोलीलाई विजेताको रुपमा पायो । व्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन जस्ता पावरहाउस राष्ट्रले खराव प्रर्दशन गरेसँगै यसपटक सेमिफाइनलमा वेल्जियम, क्रोएसिया र इङ्गल्याण्ड पुगे । इङ्गल्याण्डका कप्तान हयारी केनले गोल्डन बुट जित्न सफल भए भने क्रोएसिया लाई फाइनलसम्मको यात्रा गराएका लुका मोड्रिचले पनि उत्कृष्ट खेलाडीको उपाधिको साथमा गोल्डन बल जित्न सफल भए ।
    फुटबलमा विश्वकपले प्रभाव पारेको वर्ष नेपालमा पनि फुटवल क्षेत्रमा केहि प्रगती महसुस गर्न पाइयो । वि.सं २०७२ सालको भूकम्पले भत्काएको रङ्गशाला हालसम्म पनि पून निर्माण हुन नसकेपनि लामो समयसम्म सञ्चालन हुन नसकेको ए डिभिजन लिग यसै वर्ष सम्पन्न भयो । पुरस्कार राशीमा आधा रकम घटाइए पनि खेलाडिले लामो समयपछि घरेलु लिग खेल्न पाएका थिए । नेपाली फुटवलमा लगानी गर्न पछि नपर्ने मनाङ्ग र्मस्याङ्गदी क्लवले यस वर्ष सहज ढङगबाट उपाधि उचाल्न सफल भयो । नेपाली राष्ट्रिय फुटबल टोलीले उल्लेख्य प्रदर्शन गर्न नसकेको यस वर्ष नेपाली घरेलु नकआउट प्रतियोगिता भने विगतमा जसरीनै सञ्चालनमा आए । पोखरामा पनि यस वर्ष दुई ठूला गोल्डकपको आयोजना गरिएको थियो । स्टेडियम विना खेल सञ्चालन भए पनि आहा रारा गोल्डकपमा भने दर्शकले उल्लेख्य साथ दिएका थिए । १७ औँ संस्करणको आहा रारा गोल्डकपको फाइनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । फाइनलमा आर्मीलाई पेनाल्टि सुटआउटमा पराजित गर्दै थ्रिस्टारले उपाधि उचाल्न सफल भयो ।
    नेपाली खेलकुदले यस वर्ष कुनै खेलमा उल्लेख्य प्रदर्शन गरेको छ भने त्यो हो क्रिकेट । यस वर्ष नेपाली क्रिकेटमा विभिन्न आशाका किरणहरु नेपाली खेलप्रेमीले महसुस गर्न पाए । नेपाली क्रिकेटमा धुर्मुस सुन्तली फाउण्डेसनको आगमनसँगै क्रिकेटको मुहार फेरिनेमा खेलाडी र समर्थक आशावादी छन् । धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर चितवनमा बनाउन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानले पनि नेपाली क्रिकेटमा खुसी थपेको छ । साउथ अफ्रिकाका लेजेन्डरी क्रिकेट जन्टि रोडसको आगमनले नेपाली खेलाडी र नेपाली क्रिकेटले उल्लेख्य फाइदा लिन सफल भयो ।
    विराटनगरमा यसै वर्ष सञ्चालन भएको पाचौँ संस्करणको महिला साफ च्याम्पियनसिपमा फाइनल सम्म पुगेको नेपाली महिला टोलीमा क्षमता अब्बल रुपमा रहेको पाउन सकिन्थ्यो । त्यस्तै थाइल्याण्डमा यसै वर्ष सम्पन्न भएको महिला टि–२० प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । महिला खेलकुदमा लगानी र ध्यान नपुगेको स्थितिमा पनि नेपाली महिला खेलाडीले यस वर्ष उत्कृष्ट खेल प्रदशन गर्दै नेपालको शिर उच्च पार्ने काम गरे ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।