• काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना पुष्टी

    September 3, 2020     5:16 pm

    १८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा १२ सय २८ जनामा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जना महिला र ८३४ जना पुरुष गरी १२ सय २८ जनामा संक्रमण देखिको हो ।

    बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ९१७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३०७ रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।