• निषेधाज्ञामा ‘होम डेलिभरी’ सेवा दिनेलाई धरपकड नगर्न आग्रह

    August 29, 2020     6:54 pm

    विवेकशील नेपाली दलले निषेधाज्ञाको समयमा ‘होम डेलिभरी’ सेवा दिनेहरुलाई धरपकड नगर्न आग्रह गरेको छ ।

    सो दलका उपाध्यक्ष अजिता राईले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ सम्बन्धी सबै मापदण्ड पूरा गरी घरघरमै सेवा दिँदै आएको व्यक्तिहरुलाई प्रहरी धरपकड गरेर निरुत्साहित नगर्न सरकारलाई आग्रह गरेको छ । हालै होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभएको हो । धरपकडको पनि विवेकशील नेपाली दलले विरोध गरेको छ ।

    सो दलले धरपकडको विरोध गर्दै ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई आफ्नो सेवा सञ्चालन गर्न दिनुपर्ने मागसमेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन र महामारीका बखत धेरथोर रोजगारी सिर्जना गरिरहेका ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुनु हुँदैन ।’

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।