तपाईले KFC (केन्टुकी फ्राइड चिकन) को नाम पक्कै सुन्नु भएको होला, कतिले त्यसको स्वाद पनि लिनु भएको होला । यो आज विश्वभर एक ख्यातीप्राप्त परिकारको रुपमा स्थापति छ । विश्वका ५० भन्दा बढि देशहरुमा यसको ३९ हजार भन्दा बढी शाखाहरु छन् । यसैमा आबद्ध भएर १५,००,००० बढिले रोजगारी प्राप्त गरेका छन् । २०१३ को खुद आम्दानी एक बिलियन अमेरीकी डलर थियो ।
तर तपाईलाई यो थाहा नहुन सक्छ की यसका संस्थापक एक जना गरिब बुढा मानिस थिए । उनको नाम हरल्यान्ड डेभिड स्यान्डर्स हो । जसले जीन्दगीमा अनेकौ हन्डर र कारुणीक पिडाहरु भोगेका थिए ।
– उनको जन्म १८९० मा भएको थियो ।
– उनी ६ वर्ष हुदाँ उनको बुवा बिते ।
– त्यसपछी उनको आमाले अर्को विवाह गरीन् । उनको सौतेला बाले असाध्य पिट्ने भएकाले उनले १५ वर्षको उमेरमा घर छाडेर भागे ।
– १६ वर्षको उमेरामा गरीबीका कारण स्कूल छोड्नुपर्यो ।
– पेट पाल्न उनी विभिन्न जागीरमा लागे तर विभिन्न कामहरुबाट निकालिए ।
– त्यसपछी रेल कम्पनीमा फायरम्यानको काम पाए, आर्थीक अवस्था केही सुधारीयो यसैले १८ वर्षको उमेरमा विवाह गरे ।
– उनको एक छोरो जन्मियो, तर बाच्न सकेन ।
– उनको जागीर पनि खोसीयो । आथीक अवस्था तहस नहस भयो । यसैले, २० वर्षमा उनको श्रीमतीले छोडेर गइन् ।
– जीन्दगी पिडाहरुका बीच बितिरहेको थियो । उनी एक्ला भएका थिए । ४० वर्ष पुग्दासम्म उनले दर्जन भन्दा बढि कामहरु गरे तर कुनैमा पनि टिक्न सकेनन् । पछि उनले ६५ वर्षको उमेरसम्म होटलमा भाडा माझ्ने काम गरीरहे ।
– उनी अब विस्तारै बुढो हुदै थिए र जीन्दगी जीउनुको अर्थ भेटिरहेका थिएनन् । यसैले एक दिन आत्महत्या गर्ने प्रयाश गरे, तर त्यहा पनि असफल भए ।
– यसरी अब धेरै दिन चल्न सक्दैनथ्यो । उनले जीन्दगीलाई नियाले र केही नयाँ सुरुवात गर्ने निर्णय लिए । उनीसँग लामो समयसम्म होटलमा काम गरेको अनुभव थियो । उनले साथीसँग ८७ डलर सापटी लिएर आफ्नै स्वादको चिकन फ्राइड गर्ने सामाग्री किने र ग्यास स्टेसन भित्र पहिलो होटल खोली ट्रक ड्राइभरहरुलाई बेच्न सुरु गरे । सबैले त्यसको स्वाद मन पराए । र, विस्तारै त्यसले ख्याती पाउदै गयो ।
र, अन्ततः ८७ वर्षको उमेरमा केन्टुकी फ्राइड चिकनको मालिक बनी अर्ब पति बन्न सफल भए । उनको जीवनको शारंशले यही बताउदछ : हरेक अवस्थामा सफलता संभव छ ।