• पोखरामा शुक्रबार १६ जनामा कोरोना पुष्टि

    August 28, 2020     10:17 pm

    आयुष श्रेष्ठ, १२ भाद्र, पोखरा । पोखरामा शुक्रबार थप १६ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार दिँउसो जारी गरेको विज्ञप्तीमा पोखरा महानगरपालिकाको थप ११ जनामा कोरोना पुष्टी भएको जनाएको छ । यसअघि जारी दुई पटकको सूचनामा ३ र २ जना गरी ५ जना कोरोना देखिएको थियो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विज्ञप्तीमा पोखराका बैंकका कर्मचारी, ईञ्जिनियर कन्सल्टेन्सी र मोबाइल पसले सहित थप ११ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

    सङ्क्रमित हुनेमा पोखरा – २ का कामना विकास बैङ्कमा दीप शाखामा कार्यरत २५ वर्षीय पुरुष, पोखरा – ३ का एभरेस्ट बैङ्क अमर सिंह चोक शाखामा कार्यरत २९ वर्षीय पुरुष, इन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत पोखरा – १४ का ३५ वर्षीय पुरुष, पोखरा – ५ का औद्योगिक क्षेत्रमा कार्यरत ३३ वर्षीय पुरुष तथा पोखरा वडा नं १ का मोबाइल पसलका सञ्चालक १८ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

    शुक्रबार दिउँसो नै पोखरा ११ की ५६ वर्षीया महिला, पोखरा – १४ का २७ वर्षिय पुरुष, पोखरा १६ का १५ र ३९ वर्षीय महिला तथा ३५ र ४९ वर्षका पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।