• कास्कीको निषेधाज्ञा खुकुलो, के गर्न पाइन्छ, के पाइँदैन (हेर्नुहोस)

    August 28, 2020     10:04 pm

    आयुष श्रेष्ठ, १२ भाद्र, पोखरा । कोरोना संक्रमण बढेपछि यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यलय कास्कीले भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा खुकुलो बनाइएको छ ।

    पहिलो पटक भदौ ३ देखि ७ सम्म र दोस्रो पटक भदौ ८ देखि १२ सम्म निषेधाज्ञा जारी गरिएको थियो । दोस्रो पटक थपिएको निषेधाज्ञाको समय सकिन लाग्दा जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ २० गतेसम्मका लागि सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागु गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

    प्रशासनले जिल्लामा जोर दिनमा जोर नम्बरका सवारी र बिजोर दिनमा बिजोर नम्बरका सवारी बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाउने जनाएको छ । पसलहरु विहान ८ बजेदेखि साँझ ६ बजे सम्म स्वास्थ्य सुरक्षा मापदण्ड पुर्याएर खोल्न पाइने छ । रेष्टुरेण्टलाई टेक अवे सेवा दिन पाइने भनिएको छ । तर रेष्टुरेण्टमै बसेर खानका लागि निषेध गरिएको छ ।

    शुक्रबार रातिदेखि निषेधाज्ञा सकिँदै थियो । तर, दिनहुँ मान्छे मर्ने क्रम बढेको र संक्रमित संख्या पनि बढेकाले निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको बुझिएको छ । यो समयमा के गर्न पाइने । के पाइने हेर्नुहोस ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।