• सम्बन्धको गलत प्रयोग कहिल्यै पनि नगर्नुहोस् ,किनकी राम्रो मान्छे जिन्दगीमा बारम्बार मिल्दैन

    April 14, 2019     11:51 am

    पन्ध्र प्रेरक लाइनहरु

    १. हाम्रो व्यावहार गणितको शुन्य जस्तै हुनुपर्छ जुन आफैमा मुल्यवान त हुदैन तर अरुलाइ साथ दिदा त्यसको मूल्य बढाइदिन्छ ।

    २. समय र शिक्षकमा दुवैले पाठ सिकाउदछन, फरक यहि हो शिक्षकले पढाएर परिक्षा लिने गर्दछ तर समयले परिक्षा लिएर मात्र पाठ सिकाउदछ ।

    ३. केवल खरानी बन्नको लागि मानिस एक अर्कासंग जल्दछन ।

    ४. क्रोध भनेको सलाईको काटी जस्तै हो, यसले अरुलाई जलावोस-नजलावोस आफुलाई भने जलाईरहेको हुन्छ ।

    ५. अपरिचितले नै हो यो दुनियामा माया गर्ने, आफ्नाहरुलाई त एक अर्काको हैसियत नाप्दैमा नै ठिक्क हुन्छ ।

    ६. जब तपाईं आफैंमा निराश बन्नु हुन्छ, अरुले झन् धेरै तपाईंलाई निराशाबादी बनाउने छ ।

    ७. साथीलाई घाइते शारीरिक चोटले भन्दा पनि नमिठो शब्द र बोलीको प्रहारले बनाई दिन्छ !

    ८. जुन दिन तपाई आफ्नो जिम्मेवारी पुरा लिनु हुन्छ त्यो दिन बाट तपाईंको बहाना नै बन्द हुन्छ ।

    ९. कुनै पनि सपना पुरा गर्नुलाई समझदार र इमानदार होईन ,पागल बन्नु पर्छ सपना पुरा हुनुलाई ।

    १०. सम्बन्धको गलत प्रयोग कहिल्यै पनि नगर्नुहोस् ,किनकी राम्रो मान्छे जिन्दगीमा बारम्बार मिल्दैन ।

    ११. आँखाबाट आँसु झार्दैमा सबै मान्छे दुखित हुँदैन कसैले झार्छ्न दुखले त कसैले झार्छ्न गल्तीले !

    १२. जसले तपाईंलाई कहिल्यै पनि बिश्वासघात गर्दैन त्यो हो समदारी माया !

    १३. मृत्यु त्यो होइन जब तपाईं यो संसार त्यागेर जानु हुन्छ, मृत्यु त तब हुन्छ जब तपाईं हरेकको मन बाट हराउनु हुन्छ !

    १४. हरकोहीलाई माया यसरी गर्नुस् त्यहाँ घृणा नहोस् !

    १५. जसले मनलाई जितेको छ,उसको लागि मन नै सर्वश्रेष्ठ मित्र हो,र जसले मनलाई जित्नु सकेको छैन ,उसको लागि मन नै सबै भन्दा ठुलो शत्रु हो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।