११ भाद्र, पोखरा । कोरोना संक्रमितको संख्या बढेसंगै कोरोनाको कारण नेपालमा मृत्यु हुनेको संख्या पनि दैनिक बढेको छ । आज विहान सम्म मात्रै कोरोनाका कारण नेपाल भर ६ जनाको मृत्यु भएको छ ।
पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत कोभिड–१९ उपचार केन्द्रको आइ।सि।यु। मा उपचाररत् कोरोना संक्रमित महिलाको आज विहान मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती मार्फत जनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११ निबासी ३२ बर्षिय महिलामा कोरोना देखिएपछि यहि भाद्र ७ गते उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।
ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो । हर्दियाकी २३ वर्षीया संक्रमित महिलाको पेटमा ३३ हप्ताको बच्चा पेटमा थियो ।
भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो । २४ घण्टा भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा कुनै सुधार भएन । उपचारकै क्रममा भदौ ११ गते बिहीबार बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । वीरगञ्जमा कोरोना संक्रमणबाट थप अर्को एक जनाको पनि मृत्यु भएको छ । वीरगञ्ज–१४ बहुअरी बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
बुटवलमा पनि कोरोनाका कारण आज एक जनाको ज्यान गएको छ । बुटवलको धागो कारखानामा सञ्चालित कोारेना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए ।