• पोखरामा कोरोनाको कारण एक महिलाको मृत्यु

    August 27, 2020     9:49 am

    आयुष श्रेष्ठ, ११ भाद्र, पोखरा । पोखरामा कोरोनाको कारण उपचार गराइरहेकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत कोभिड–१९ उपचार केन्द्रको आइ.सि.यु. मा उपचाररत् कोरोना संक्रमित महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती मार्फत जनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११ निबासी ३२ बर्षिय महिलामा कोरोना देखिएपछि यहि भाद्र ७ गते उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।

    उनको आज विहान ८ बजे कोरोनाको कारण मृत्यु भएको हो । यो संगै पोखरामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।