• ट्रम्पको दाबी: नोभेम्बरको अमेरिका चुनावमा धाँधली हुने

    August 25, 2020     1:48 pm

    अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन दलको राष्ट्रिय भेलामा पूर्व निर्धारित नगरिएको उपस्थिति जनाउँदै विपक्षी डेमोक्र्याटहरू नोभेम्बरको चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेका छन्।

    दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै ट्रम्प मञ्चमा आएर एक घण्टा सम्बोधन गरेका थिए। उनले त्यहाँ आफूलाई जिताए अमेरिका अघि बढ्ने बताउँदै भने, “यो चुनाव हामीले जित्नै पर्छ। यो हाम्रो देशको इतिहासकै सबभन्दा महत्त्वपूर्ण चुनाव हो। सबभन्दा ठूलो हो। हाम्रो देश अत्यन्त खराब दिशामा जान सक्छ या त अझै राम्रो उचाइमा पुग्न सक्छ। चीनबाट प्लेग आउनु अगाडि हामी त्यही राम्रो दिशामा गइरहेका थियौँ।”

    उनले हुलाकमार्फत् गरिने मतदानलाई डेमोक्र्याटहरूले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप कुनै प्रमाण विना लगाएका छन्। यसपाली कोरोनाभाइरस महामारीका कारण हुलाकमार्फत् निकै सङ्ख्यामा मतदान हुने ठानिन्छ। स्वतन्त्र विज्ञहरू भन्छन् अमेरिकामा मतदानमा दुर्लभै अनियमितता हुने गर्छ।

    ताजा मत सर्वेक्षणहरूमा ट्रम्प विपक्षी उम्मेदवार जो बाइडनभन्दा पछाडि परिरहेका छन्। बीबीसीका उत्तर अमेरिका सम्वाददाता एन्थोनी जर्कर भन्छन् आधुनिक कालमा दोस्रो कार्यकाल जित्न अहिले ट्रम्पले सामना गरेजत्तिको चुनौती निकै कम अमेरिकी राष्ट्रपतिहरूले गर्नु परेको थियो।

    मत सर्वेक्षणहरूमा ट्रम्प निरन्तर बाइडनको पछि परेका छन्। दुई बीचको दूरी थोरै तर उल्लेखनीय छ। ट्रम्पका निम्ति रिपब्लिकन दलको भेला यो स्थिति उल्ट्याउने उत्तम अवसर हुनसक्छ। यो भेलामा ट्रम्पकी पत्नी मेलानियाका साथै उनका छोराछोरीहरू एरिक, जुनियर डोनल्ड, इभाना तथा टिफनीले पनि भाग लिनेछन्। उनीहरूले भेलालाई सम्बोधन पनि गर्दैछन्। बिहीवार ट्रम्पले भेलाको समापनमा महत्त्वपूर्ण सम्बोधन गर्नेछन्।-बीबीसी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।