• नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु, ३८० जनामा सङ्क्रमण

    August 9, 2020     10:09 pm

    गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको र ३८० जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।

    यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २२,९७२ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,५४४ जनामा सक्रिय सङ्क्रमण छ भने १६,३५३ जना भाइरसमुक्त भएका छन्।

    शनिवार तीन जनाको मृत्यु भएको थियो भने बिहीवार र शुक्रवार पाँच-पाँच जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो। आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाण्डूका ९० जना र पर्साका ७३ जना रहेका छन्। त्यस्तै धनुषाका ३७ जना र मोरङका २८ जनामा सङ्क्रमण पुष्टि भएको हो।

    सबैभन्दा बढी सक्रिय सङ्क्रमित पर्सामा रहेका छन्। त्यहाँ आइतवार ९०३ जना उपचाररत छन्।त्यसपछि काठमाण्डूका ७९० जना उपचाररत छन् भने रौतहटका ७४५ जना र महोत्तरीका ५७९ जना उपचाररत छन्। काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९४८ रहेको छ। ललितपुरका १०५ र भक्तपुरका ५३ जना सङ्क्रमित उपचारमा छन्।

    त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य भएका जिल्लाहरूमा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन्। कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १९ वस्ने ६२ वर्षीय पुरुषको शनिवार राति ११:३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको डा. गौतमले बताए।

    ती मधुमेहका रोगी रहेको र साउन १७ गते कोभिड-१९ पुष्टि भएपछि सघन उपचार कक्षमा उपचाररत रहेको बताइएको छ। त्यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं. २ का २० वर्षीया महिलाको शनिवार निधन भएको छ। उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुग्दा मृत घोषित भएकी थिइन। मृत्युपश्चात गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।