• पाेखरामा एक जना काेराना संक्रमितकाे मृत्यु, थप १ जना कोरोना संक्रमण पुष्टी

    August 9, 2020     1:28 pm

    २५ साउन, पोखरा । पोखरामा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचारत् पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले दिएको जानकारीअनुसार उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो । उनी डायबिटिजबाट समेत पीडित थिए ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो तेस्रो घटना हो । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।

    गण्डकी प्रदेशमा नयाँ १ जना कोरोना संक्रमित थपिएको छ । संक्रमित पर्बत जिल्ला, कुश्मा नगरपालिका ४ का २३ बर्ष का पुरुष हुन् । उनलाई आईसोलेसन कक्षमा लगिएको छ । गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको कुल ४६२ नमुना परिक्षणमा एक जनामा कोरोना पुष्टी भएको हो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६१२ पुगेको छ ।

    गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरामा कुल ४६८ नमुना परिक्षण भएको छ । ्र जसमा नवलपुरका १८८, , तनहुँ ८१, लमजुङ १, स्याङजा २५, पर्बत १० र कास्की १५७ नमुना परिक्षण भएको जानकारी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशकले जानकारी दिए । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गत २४ घन्टामा २८ नमुना परिक्षण भएको छ, जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

    यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १४५९ पुगेको छ । जसमा गत २४ घन्टामा नवलपरासीबाट १, लमजुङबाट ६, बाग्लुंग २, तनहुँ ४ र पर्बत ३ जना गरि कुल १६ जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।