२३ साउन, काठमाडौं । शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । शुक्रवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये पर्साका १३८ जना र काठमाण्डू उपत्यकाका १०६ जना छन्।
अहिलेसम्म फेला परेका सङ्क्रमितमध्ये २१-६० उमेर समूहका मानिसहरू सर्वाधिक भएको मन्त्रालयले जनाएको छ। विगत २४ घण्टामा पीसीआर विधिबाट ७,९२६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
अहिले देशभरि विभिन्न स्थानमा १०,००० भन्दा बढी मानिसहरू क्वारन्टीनमा छन्। प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन्। त्यसपछि सुदूरपश्चिम र प्रदेश नं ५ मा भेटिएका सङ्कमितको सङ्ख्या धेरै छ। प्रदेश नं २ मा मृतकको सङ्ख्या अन्य प्रदेशको भन्दा बढी छ।