• महानगरलाई भारतीय पेन्सन क्यामद्धारा स्वास्थ्य सामग्री प्रदान

    August 6, 2020     2:08 pm

    पोखरा, साउन २२ गते । पोखरा महानगरपालिकालाई भारतीय पेन्सन क्याम पोखराले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    पेन्सन वितरण कार्यालय पोखराका प्रमुख सेनानी शशाँक त्रिपाठीले पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । पेन्सन क्यामले एक सय थान पञ्जा र एक सय थान गम्वुट प्रदान गरेको हो ।

    सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख जिसीले कोरोना भाइरसको संक्रमण विरुद्धको लडाईमा भारतीय पेन्सन क्यामले गरेको सहयोगप्रति आभार ब्यक्त गदै लकडाउन खुलेपनि संक्रमण नसकिएको बताउदै थप सजक र सर्तक बन्नुपर्नेमा जोड दिनुभयो । भारतीय पेन्सन वितरण कार्यालय पोखराका प्रमुख सेनानी शशाँक त्रिपाठीले कोरोना नियन्त्रणमा सानो भएपनि आफनो तर्फबाट केही सहयोग गरौ भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो ।

    उहाँले यसअघि पोखरा महानगरको वडा नम्वर १० र १५ मा खाद्यान्न वितरण गरेको बताउनुभयो। उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारलाई स्वास्थ्य सामग्री प्रदान गरेको बताउनुभयो । कार्यक्रममा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बरालले स्वास्थ्य सामग्री प्रदानले कोरोना संक्रमण नियन्त्रमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।