• थप ३८१ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

    August 5, 2020     8:08 pm

    नेपालका विभिन्न स्थानमा थप ३८१ जनामा कोभिड-१९ पुष्टि र दुई जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार अपराह्ण दिएको छ।

    यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६० पुगेको छ। सङ्क्रमितमध्ये १५० जना पर्सा जिल्लाका र ५० जना काठमाण्डू उपत्यकाका रहेका छन्। यो वृद्धिसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१,३९० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डूमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।

    मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ६,१७४ छ। गत सोमवार झाडापखालाले ग्रस्त भई उपचारका लागि न्याश्नल अस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएकी पर्साकी १८ वर्षीया महिलामा पनि मृत्युपछि गरिएको परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो। त्यस्तै कोरोनाभाइरस सङ्क्रमणबाट पर्सामा मृत्यु भएका व्यक्ति वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुष रहेका छन्।

    उनको बुधवार बिहान मृत्यु भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए । साउन १८ गते पीसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएका ती पुरुषमा साउन १९ गते कोभिड-१९ पुष्टि भएको थियो। मधुमेहका रोगी रहेका उनलाई खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

    पर्सामा बुधवार १५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये नारायणी अस्पतालको प्रयोगशालामा १४७ जना, काठमाण्डूमा दुई जना र भक्तपुरमा एक जना भएको डा. गौतमले बताए।

    वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १७ जना बारा सिमरा क्वारेन्टिनमा बसेका, वीरगञ्ज कारागारका प्रमुखसहित कैदीबन्दी एवम् कर्मचारी रहेको मेडीकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन्। कारागारका २७ जना लगायत प्रहरी, सैनिक र महानगरपालिका कर्मचारी रहेको उनले बताए। सङ्क्रमितहरूमा ५ वर्षको बालकदेखि ७४ वर्षका वृद्धसम्म रहेका उपाध्यायले जानकारी दिए। उपाध्यायका अनुसार हाल पर्सामा सङ्क्रमितको सङ्ख्या ७०० भन्दा माथि पुगेको छ । बीबीसी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।