• बास्तोला कम्प्लेक्सको व्यापार मेलाको तयारी पूरा

    April 12, 2019     8:19 pm

    पोखरा,२९ चैत । पोखरा महानगरपालिका–९ बसपार्क स्थित बास्तोला कम्प्लेक्समा सञ्चालनको तयारी गरिएको पाँचौ सस्तो व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
    बजार सञ्चालक समितिले बजारको प्रवद्र्धन गर्ने उद्धेश्यले नयाँ वर्षको अवसर पारी यही बैशाख १ देखी ३ सम्म सस्तो व्यापार मेला आयोजना गर्न लागेको र तयारी सकिएको सञ्चालक माधव वास्तोलाले जानकारी दिए ।
    नुन देखी सुनसम्म एकै छानामा भन्ने नाराका साथ स्थापित सो बजारमा मेलाको अवसरमा छुटमा सामान विक्री गर्ने, विभिन्न सास्कृतिक कार्यक्रम, न्युनतम २०० रुपैयाँको खरिदमा चिट्ठा उपहार, अर्धवार्षिक बम्पर उपहार लगायत उपहार कार्यक्रम रहेको उनले बताए ।
    बास्तोलाका अनुसार विभिन्न सांस्कृति तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ हुने मेलामा प्रवेश निशुल्क रहेको छ । मेला नजिकिदै गर्दा केहीदिनदेखी बजार वरपरको सम्पूर्ण क्षेत्रमा सरसफाई गरिएको र सर्वसाधारणलाई मेलामा उपस्थित हुनको लागि आग्रह गरिएको बताईन्छ ।
    ‘पोखराको मुटुमा अवस्थित पृथ्वीचोकमा रहेको बजारलाई प्रवद्र्धन गर्ने र यहाँ आउने ग्राहकलाई केही सस्तोमा सामान बिक्री गर्ने मेलाको उद्धेश्य हो। यसका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको साँस्कृतिक कार्यक्रमका साथ ग्राहकलाई मनोरञ्जन प्रदान गर्न पनि मेला राखेका हौँ।’ बास्तोलाले भने ।
    वि.सं २०७३ मा स्थापना गरिएको बजारमा फेन्सी, तरकारी,फलफूल,माछा,मासु अण्डा लगायतका विभिन्न स्टलहरु रहेका छन् ।
    बजारको प्रवद्र्धनका लागि नयाँवर्ष, दशैँतिहार लगायतको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको सञ्चालक उमराज बास्तोलाले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।