• गण्डकीमा थपिए ३१ जनामा कोरोना संक्रमित

    July 28, 2020     8:30 pm

    गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितहरु स्याङ्गजा र बाग्लुङ्गका जिल्लाका हुन् ।

    स्याङ्गजा २५ र बाग्लुङ्गका ६ जनामा कोरोना संक्रमण देखिएको हो । स्याङ्गजाको अर्जुनचौपारी गाउँपालिकाका ४, वालिङ्गको १ र पुतलीबजार नगरपालिकाका १८ पुरुष र दुइ महिला गरि २५ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरि बाग्लुङ्गको निसीखोला गाउँपालिकामा ५ जना र बरेङ्गखोला गाउँपालिकामा १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४३० पुगेको छ ।

    क्षयरो’ग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ३१ जना संक्रमित थपिएको हो । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।