• काठमाण्डाैँमा ५३ जना सहित ३११ कोरोना सङ्क्रमित थपिए , एक जनाको मृत्यु

    July 28, 2020     7:53 pm

    देशभरिमा थप ३११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार अपराह्ण दिएको छ।

    मङ्गलवार भएको पृष्टि सङ्ख्या असार १९ गते यताको सबैभन्दा ठूलो सङ्ख्या हो। असार १९ गते ७४० जनामा सङ्क्रमण पुष्टि भएपछि दैनिक सङ्क्रमण सङ्ख्या ओरालो लागेको थियो। यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,०६३ पुगेको छ। अहिलेसम्म ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

    सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १२१ जना निको भएसँगै अहिलेसम्म १३,८७५ जना रोगमुक्त भएका छन्। मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,१२९ व्यक्ति देशभरि आइसोलेशनमा छन्।

    काठमाण्डाैँमा ५३ जना: मङ्गलवार थपिएका सङ्क्रमितमध्ये ५३ जना काठमाण्डाैँका रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ४८ जना काठमाण्डू, चार जना ललितपुर र एक जना भक्तपुरका रहेका छन्। मङ्गलवार रौतहट र कैलालीमा ५०० भन्दा बढी सङ्क्रमित रहेका डा. गौतमले बताए।

    बझाङ जिल्ला बुङ्गल गाउँपालिकाका ६५ वर्षीय पुरुषको साउन ९ गते घरमै निधन भएको डा. गौतमले बताए। दमका रोगी उनी असार २४ गते भारतबाट नेपाल आएको बताइएको छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।