• कर्मचारी र समुदायस्तरमा कोरोनाको जोखिम

    July 28, 2020     2:30 pm

    बाँके । बाँकेमा क्वारेन्टिइन बसेकाको सङ्ख्या घटेसँगै स्वास्थ्य कार्यालयले समुदायस्तरमा कोभिड–१९ को परीक्षणको दायरा बढाएको छ ।

    स्वास्थ्य कार्यालयले कोरोनाको सङ्क्रमणबाट बढी जोखिममा पर्न सक्ने कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, मजदूरहरुको परीक्षण गर्न थालेको छ । यसरी परीक्षण गर्दा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको पनि छ । दुई दिनअघि नेपालगञ्जको समुदायस्तर र सरकारी तथा गैरसरकारी कार्यालयमा गरिएको परीक्षणमा कर कार्यालय र यातायात व्यवस्था कार्यालयका तीन कर्मचारी, एक मजदूर र एक मिठाइ पसलेमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    “समुदायस्तरमा र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लामा थप कडाइ गर्न सकिने अवस्था पनि आउन सक्छ” प्रमुख जिल्ला अधिकारी रामबहादुर करुम्बाङले भने । लकडाउन हटेसँगैै बाँकेमा बजार, यातायात, उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय अहिले पूर्णरुपमा खुलेका छन् । सार्वजनिक ठाउँमा मनिसहरुको भिडभाड बढेको छ । यसका कारण कर्मचारी र समुदायस्तरमा कोरोनाको जोखिम बढेको हो । कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, यहाँस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा सोमबार कर कार्यालय नेपालगञ्जमा कार्यरत २९ वर्षीय एक सुब्बामा पनि कोरोना पुष्टि भएपछि जिल्लाका कर्मचारी क्षेत्रमा जोखिमको अवस्था बढेको छ ।

    शनिबार मात्र कर कार्यालयका एक अधिकृतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने आइतबार नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयका एक कर्मचारीमा पनि कोरोना देखिएको थियो । अहिले यी दुवै कार्यालयका सबै कर्मचारीलाई होम क्वारेन्टिनमा राखिएको छ भने कार्यालय बन्द गरिएको छ । सोमबार सङ्क्रमण पुष्टि भएका कर कार्यालयका सुब्बा प्यूठान मल्लरानीका स्थायी बासिन्दा हुन् ।

    पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्वास्थ्य कार्यालयले रणनीतिक योजनासहित परीक्षण प्रणालीलाई थप फराकिलो बनाएको स्रोत व्यक्ति श्रेष्ठले बताए । बाँकेमा अहिलेसम्म एक हजार ७०० पिसिआर परीक्षण गरिएकामा ४०४ जनामा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये दुई जनाको मृत्य भएको छ भने ३७२ जना उपचारपछि निको भएर घर फर्केका छन् । जिल्लाका विभिन्न क्वारेन्टिनमा अहिले ३० जनाको उपचार भइरहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । -रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।