• कोरोना सङ्क्रमण : थप १३९ जना सङ्क्रमित, तीन जनाको मृत्यु

    July 27, 2020     6:38 pm

    देशभरिमा गत चौबीस घण्टामा थप १३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

    यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,७५२ पुगेको छ। अहिलेसम्म ४८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ। सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। पहिलो २४ घण्टामा ६२६ जना निको भएसँगै अहिलेसम्म १३,७५४ जना रोगमुक्त भएका छन्।

    मन्त्रालयको तथ्याङ्क अनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ४,९२० व्यक्ति देशभरि आइसोलेशनमा छन्। केही स्थानमा सङ्क्रमितहरूलाई घरमै अलग्ग बस्ने अनुमति पनि दिइएको छ। साउन ६ गते रातिदेखि लकडाउन खुलेको छ दिन अगाडि र छ दिन पछाडिको तुलना गर्दा परीक्षण गरिएकामध्ये सङ्क्रमित पाइनेको प्रतिशतमा खास फरक नआएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। “लकडाउन भन्दा अगाडिका छ दिनमा गरिएका पीसीआर परीक्षणमा औसत ३.२% सङ्क्रमण पुष्टि भएका थिए भने लकडाउन खुलेपछि सो औसत ३.३% रहेको छ,” उनले भने।

    गत २० घण्टामा तीन जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको डा. गौतमले बताए।मृत्यु हुनेमा ६५ वर्षीय भारतीय पुरुष, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेका छन्। भारतीय नागरिकको पर्साको वीरगञ्जमा मृत्यु भएको हो। उनी मुटु तथा मधुमेहको रोगी रहेको बताइएको छ।

    धनुषाका शहिदनगर नगरपालिकाका पुरुषको भने शनिवार सघन उपचार कक्षमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई भर्ना गरिएको र आइतवार स्वास्थ्यस्थिति गम्भीर बनेपछि थप उपचारका लागि धरान लग्ने क्रममा बाटोमा मृत्यु भएको डा. गौतमले बताए। बाराका पुरुषमा भने निमोनिया, मस्तिष्कघात र मिर्गौलासम्बन्धी रोगको काठमाण्डूको उपचार भइरहँदा कोरोनाभाइरस सङ्क्रमणका कारण सोमवार बिहान मृत्यु भएको हो।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।