• आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने, तनहुँ, स्याङ्जा, कास्की आसपासका क्षेत्रमा भारी वर्षा

    July 27, 2020     3:34 pm

    १२ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय हुँदा केही जिल्लाहरुमा ‘धेरै भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा निरन्तर वर्षा भइरहेको छ । चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, रूपन्देही लगायतका जिल्लामा र ती जिल्ला आसपासका क्षेत्रहरुमा भारी वर्षा भएको छ ।

    हाल कास्कीको लुम्ले र स्याङ्जास्थित वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना छ । त्यसैले लम्जुङ, पर्वत र आसपासको जिल्ला भई बहने मोदीखोला लगायत साना नदीमा आकस्मिक बहाब हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षाका कारण बुटवलको तिनाउ नदीको बाढीले सोमबार बिहान चार बजे सतर्कताको तह पार गरेको थियो । बिहान सात बजेको मापनमा भने सतर्कताको तहभन्दा तलै देखिएको छ । यद्यपि बाढी पूर्वानुमान महाशाखाले तिनाउ र कञ्चनखोलाको तटीय क्षेत्र आसपासमा बिहान १० बजेसम्म सतर्क रहन आग्रह गरेको छ ।

    आजबाट मनसुन पुनः सक्रिय भएकाले केही दिनसम्म झरी पर्ने पूर्वानुमान गरिएको छ । मनसुनी रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान छ । सोमबार र मंगलबारको तुलनामा बुधबार बढी वर्षा हुने छ । बुधबार बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा ‘धेरै भारी वर्षा’ हुने मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।-अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।