कास्की प्रहरी प्रमुख राना मगर र गायक शर्मा सम्मानित
April 12, 2019 8:01 pm
पोखरा, २९ चैत।
क्रियटिभ ब्रोडकास्टिङ मिडिया प्लसले कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगर र लोकदोहोरी गायक पशुपति शर्मालाई सम्मान गरेको छ । प्रहरी प्रमुख रानालाई कास्कीमा शान्ति सुरक्षा अमन चयनमा राम्रो काम गरेको भन्दै सम्मान गरेको हो भने लोकदोहोरी गायक शर्मालाई नेपाली लोकगीत संगीतको क्षेत्रबाट सकारात्मक सन्देश प्रदान गरेको भन्दै सम्मान गरेको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष तथा महानगरका प्रवक्ता धन बहादुर नेपाली र क्रियटिभ ब्रोडकास्टिङ मिडिया प्लसका प्रवन्ध निर्देशक मिलन प्रतीकले दोसल्ला, ढाकाको टोपी, नेपालको झण्डा र सम्मान पत्रले सम्मान गरेको हो ।
उक्त अवसरमा वोल्दै सम्मानित ब्याक्ति कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरले कास्कीबासी जनताको साथ र सहयोग प्रहरीलाई भएकै कारण कास्कीमा शान्ति सुरक्षा कायम हुन पुगेको वताए ।
रानाले कास्कीमा युवायुवतीहरु कुलतमा फस्नेको संख्या वढ्दो रहेकाले यसलाई न्युनिकरण गर्नका लागी सम्पूर्णले आ आफ्नो ठाउबाट युवायुवतीहरुलाई कुलतमा लाग्न नदिनका लागी अभियानहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी अर्का सम्मानित ब्याक्ति लोकदोहोरी गायक पशुपति शर्माले लोकदोहोरीबाटै समाज बदल्नका लागी आफुले शब्दहरुको सिर्जना गरी गीतहरु बजारमा ल्याउने गरेको वताउदै आफ्नो गीत कोही कसैलाई लक्षित गरी नगाइएको वताए ।
शर्माले समाज परिवर्तनका लागी नेपाली जनता सम्पूर्णले आ आफ्नो ठाउबाट लागी पर्नुपर्ने र गल्ती गर्नेलाई खवरदारी समेत गर्नुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष धन बहादुर नेपालीले क्रियटिभ ब्रोडकास्टिङ मिडिया प्लसले युवा युवतीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम संगै समाजमा राम्रो काम गर्नेहरुलाई सम्मान गरी अझै समाजसेवामा निरन्तर लाग्नका लागी प्रेरित गरेको वताए ।
मिडियाको काम सवैलाई खवरदारी गर्ने भएतापनि युवा युवतीहरुलाई लक्षित गरी उनीहरुमा भएको क्षमतालाई सवैको सामु प्रस्टयाउने थलो प्रदान गरेकोमा नेपालीले क्रियटिभ मिडिया प्लस प्रति आभार ब्यक्त गरे ।
क्रियटिभ ब्रोडकास्टिङ मिडिया प्लसले २०६६ सालदेखी विभिन्न विद्याका ब्याक्तिहरुलाई सम्मान गर्दै आइरहेको छ ।