• जनमुखी प्रशासनमा कर्मचारी संयन्त्रको महत्वपूर्ण भूमिका: मुख्यमन्त्री गुरुङ

    July 26, 2020     4:05 pm

    स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनमुखी प्रशासनमा कर्मचारी संयन्त्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

    प्रदेश सरकारको दुई वर्षका अवसरमा छनोटमा परेका उत्कृष्ट कर्मचारीको आज सम्मान एवं प्रदेश प्रमुख सचिवको बिदाइ कार्यक्रममा उनले सरकारका निर्णयलाई कार्यन्वयनका तहमा लैजाने प्रमुख माध्यम कर्मचारी संयन्त्र भएको उल्लेख गरे । प्रदेशमा राम्रो काम गर्ने कर्मचारीको मनोवल उच्च बनाउन सरकारले उचित मूल्याङ्कन गर्दै पुरस्कृत गर्ने निर्णय गरेको बताउँदै उनले यसबाट काममा लगनशीलता एवं जिम्मेवारिता बढ्ने विश्वास लिइएको बताए । महामारीका रुपमा पैmलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार जिल्लास्थित अस्पताललाई साधनस्रोत सम्पन्न बनाउनेतर्पm सरकार लागेको उनले जानकारी दिए ।

    त्यस अवसरमा मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सचिव हरिप्रसाद बस्याल, सचिव दलबहादुर अधिकारीसहित विभिन्न कर्मचारीहरुलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको जिम्मेवारी समाल्न लाग्नुभएका प्रदेश प्रमुख सचिव हरिप्रसाद बस्याललाई मायाको चिनो दिएर मुख्यमन्त्री गुरुङले बिदाइ गरेका थिए । सो अवसरमा प्रदेश प्रमुख सचिव बस्यालले जनमुखी प्रशासनका लागि कर्मचारी संयन्त्रले आफ्नो जिम्मेवारीलाई आत्मसात गर्दै जस्तोसुकै परिस्थितिको सामना गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ कर्मचारी, राष्ट्रसेवकको उपस्थिति थियो । -रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।