• नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको सामाजिक काम

    July 26, 2020     1:44 pm

    आयुष श्रेष्ठ, पोखरा । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ स्थापनाको छैठौं वर्ष प्रवेशको अवसरमा कास्की फर्निचर तथा फर्निसिङ्ग व्यवसाय संघले वृक्षारोपण तथा आश्रममा दिवा भोजना सम्पन्न गरेको छ ।

    पोखरा महानगरपालिका वडा नम्बर १७ सीतापाइलामा रहेको पोखरा बृद्धाश्रममा बृक्षारोपण र दिवा भोजन गराएका थिए । कास्की फर्निचर तथा फर्निसिङ्ग संघले यस अघि पनि स्थापना दिवस पारेर विभिन्न किसिमका सामाजिक कार्यक्रम गर्दै आइरहेको छ । समाज प्रतिको उत्तरदायित्व बहन गरिहेको सन्देश दिनका लागि बृद्धाश्रममा खाना खुवाउने तथा बृक्षारोपण कार्यक्रम गरिएको संस्थाका अध्यक्ष प्रेमराज बसौलाले बताए । उनले आगामी दिनमा पनि व्यवसायसंगै सामाजिक गतिविधी गर्दै जाने जिकिर गरे ।

    कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर १७ का जनप्रतिनिधी बैकुण्ठ भण्डारीले व्यवसायीहरुले गर्ने सामाजिक कार्यले सकारात्मक भुमिका खेल्ने बताए । प्रमुख अतिथी नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघका केन्द्रिय सदस्य श्यामकुमार मल्लले व्यवसायीले उदाहरणिय काम गर्दा अन्य क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने बताए । उनले बेला बेला भइरहने यस्ता कार्यक्रमले अरुलाई पनि प्रोत्साहन मिल्ने बताए ।

    सीतापाइला स्थित पोखरा बृद्धाश्रमममा आश्रित ५५ बृद्धबृद्धाका लागि भोजन वितरण गरिएको थियो । बृद्धाश्रमका अध्यक्ष कुशुमकेशब विभिन्न संघसंस्थाले समय समयमा गर्ने सहयोगले नै बृद्धाश्रम धानिने गरेको बताए । संस्थाले नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ५९ युनिट रगत संकलन गरेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।