• संस्कृति र परम्परा धान्दै चैते दशैं विशेष पूजा

    April 12, 2019     6:23 pm

    पोखरा, २९ चैत। देशका अधिकांश स्थानमा आधुनिकताका नाममा प्रचलित संस्कृति हराउँदै गएको वास्तविकतामा पोखरा महानगरपालिका वडा नं ३३ तोरीचौर र यस आसपासका स्थानीयवासी चल्दै आएको चैते दशैं विशेष पूजालाई निरन्तरता दिदै आएका छन् ।

    प्राचीन कालदेखि नै साविक भरतपोखरी गा.वि.स.को वडा नं ३ कालिकास्थानस्थित कालिका मन्दिरमा पूजाआजा गर्दै आइएकोमा जनसंख्या बृद्धिसँगै २०४५ सालदेखि तोरीचौरमा नै महाकाली मन्दिर स्थापना गर्दै नियमित पूजाआजा गर्न थालिएको हो ।

    महाकाली मन्दिर संरक्षण समितिका पूर्व अध्यक्ष रामबहादुर भण्डारीका अनुसार मन्दिर स्थापना भए यता प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी(चैते दशैं)का अवसरमा मन्दिरमा बलि पूजा सहित विशेष पूजा गर्ने गरिएको छ ।

    चैते दशैंका साथै आश्विन शुक्ल पक्ष, अन्य विभिन्न महत्वपूर्ण तिथि एवम् पर्वमा मन्दिरमा पूजाआजा हुने गरेको उनले जानकारी दिए ।

    चैते दशैंका अवसरमा गरिने पूजामा महाकालीका लागि बोकाको बलि, मन्दिर परिसरमा नै रहेको माईको थानमा पाठीको बलि दिने गरिएको स्थानीय समाजसेवी एवम् मन्दिर संरक्षण समितिका सदस्य विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

    उनका अनुसार यस वर्ष पनि बोका र पाठीको बली सहित चैते दशैं विशेष पूजा गरिएको छ ।

    महाकाली मन्दिरमा विशेषतः चैनपुर, पानी टंकी, तोरीचौर, महाकाली चोक लगायतका स्थानबाट दर्शनार्थी आउने गरेको महाकाली टोल विकास संस्थाका अध्यक्ष लालुप्रसाद पराजुलीले जानकारी दिए ।

    मन्दिरको स्थापनाका साथै संरक्षण र विकासका लागि स्थापनाकालिन समयदेखि मन्दिर संरक्षण समिति, आमा समूह, टोल विकास संस्था सबैको सकृयता रहेको तोरीचौर आमा समूहकी पूर्व अध्यक्ष मीना भण्डारीले बताइन् ।

    चैते दशैंका अवसरमै भरतपोखरीको बरस्थित कोटभैरव मन्दिर, कालिकास्थानस्थित कालिका मन्दिरमा पनि आज विहानैदेखि सर्वसाधारणले पूजाआजा गरेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।