• धार्मिक क्षेत्र खुला गर्न विश्व हिन्दू महासङ्घको माग

    July 24, 2020     2:34 pm

    काठमाडौं । विश्व हिन्दू महासङ्घले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ–मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

    महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले आज जारी गर्नुभएको विज्ञप्तिमा अन्य सबै क्षेत्र खुलेकाले पूजाआजा एवं दर्शनले अशुभ मार्गबाट शुभ मार्गमा जान प्रेरित गर्ने आस्थाको केन्द्र मठ मन्दिर पनि खोल्न माग गरेका हुन् । अन्य सबै क्षेत्र खुला गरिँदा पनि मठ, मन्दिर, गुम्बा, चैत्य आदि धार्मिकस्थलका मूल ढोकासमेत बन्द गर्नाले महासङ्घलाई आश्चर्यमा पारेको अध्यक्ष अधिकारीले बताए ।

    गत चैत ११ गते र हाल नेपालमा कोरोना भाइरसको अवस्था विश्लेषण गर्न पनि महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ । मठ मन्दिर पनि भौतिक दूरी कायम गरी खुला गर्न सकिनेतर्फ सरकारले सोच नबनाएकामा महासङ्घले आपत्ति जनाएको छ । सरकारले औपचारिकरूपमा खुला नगरे पनि साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा हजारौँ भक्तजनको भीड लागेको थियो । राम जन्मभूमि नेपालमै पर्छ भनी प्रधानमन्त्रीले भानुजयन्तीमा सार्वजनिक गर्नुभएको वक्तव्यको तथ्य, प्रमाण सार्वजनिक गर्न पनि महासङ्घले माग गरेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।