• पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

    July 23, 2020     10:40 am

    माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि हिजाे बेलुका ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

    भरतपुर महानगरपालिका वडा नं २९ को बालुवा पुल नजिकै राति ८ः४५ बजे ठूला चट्टानसहित पहिरो झरेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका ई विजय दराईका अनुसार ब्रेकरले चट्टान फोरेर पहिरो पन्छाइएको हो ।

    पहिरो पन्छाउन नारायणगढतर्फ दुई वटा एक्साभेटर र मुग्लिनतर्फ दुई वटा लोडर परिचालन गरिएको थियो । सो ठाउँमा झरेको पहिराले १५० मिटर सडक ढाकेको थियो । पहिरो हिजाे बिहान ९ बजेदेखि पन्छाउन थालिएको थियो । पहिरो पन्छाएसँगै मुग्लिनतर्फ जाने र आउने सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ । -रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।